Techie IT
×
गृहपृष्ठसमाचार१४ बर्षीया बालिका बलात्कारको आरोपमा मण्डल पक्राउ

१४ बर्षीया बालिका बलात्कारको आरोपमा मण्डल पक्राउ


सप्तरी, १ असार । रक्सी खुवाई बेहोस पारेर बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका ७ निवासी ३७ बर्षीय शिबशंकर मण्डल रहेको प्रहरीले जनाएको छ ।

गत २०७६ असार १८ गते स्थानीय लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको कोठामा १४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटना लग्तैबाट फरार मण्डललाई खोज तलाशको क्रममा पक्राउ गरिएको प्रहरीको भनाई छ । विद्यालय नयाँ भवन निर्माणको रेखदेख गर्ने नाम, थर, ठेगाना थाहा नभएको अन्दाजी ४० बर्षीय मुन्सीले बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले दिएको उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा मण्डलको संलग्नता पाईएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता प्रहरी नायब उपरिक्षक तीलक भारतले जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस