Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारअवरुद्ध बेँशीशहर­चामे सडक सञ्चालन

अवरुद्ध बेँशीशहर­चामे सडक सञ्चालन


मङ्गलबार साँझबाट परेको अबिरल वर्षासँगै बुधबार बिहान आएको बाढीपहिराले अवरुद्ध बेँशीशहर­चामे सडक साँझ ८ बजेबाट पुनः सञ्चालनमा आएको छ । पहिरोले अवरुद्ध लमजुङ र मनाङ जोड्ने बेँशीशहर­चामे सडक सडकखण्डको बेँशीशहर नगरपालिका­६ खरखरे भीरमा गएको पहिरो हटाएसँगै सडक पुनः सञ्चालनमा आएको डुम्रे­बेँसीशहर­चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ ।
खरखरे भीरमा सडकमाथिबाट पहिरो आउनुका साथै करिब २० मिटर सडक भासिएर अवरुद्ध भएको थियो । करिब छ घण्टा लगाएर डोजरले पहिरो हटाएको उक्त कार्यालयका सव–इन्जिनियर सुमन अधिकारीले बताउनुभयो । सडक तल भासिएकाले उकास्न असम्भव भएपनि सडकको भित्तापट्टिको भाग खोतलेर सडक बनाएर सवारी सञ्चालनमा ल्याएको उनको भनाइ छ । यतिबेला सडक खुले पनि फेरि पानी आएमा अवरुद्ध बनाउन सक्नेछ । अवरुद्ध यस सडक करीब १५ घण्टापछि खुलेको हो ।
त्यस्तै यस सडकअन्तर्गत यस नगरपालिकै वडा नं। ७ सहजीनिरको पुवाखोलामा समेत बाढी आएकाले यातायात अवरुद्ध बनाएको थियो । बाढीले सडकमा ढुङ्गाहरु थुपारेर अवरुद्ध बनाएपनि सो स्थानमा समेत डोजरले ढुङ्गाहरु हटाएपछि दुबै स्थानको अवरोध हटेपछि सहजरुपमा सकड सञ्चालन भइरहेको कार्यालयका सव­इन्जिनियर अधिकारीको भनाइ छ ।
सडक अवरुद्ध हुँदा रोकिएका ढुवानीदेखि आकस्मिक सेवाका सबै सवारीसाधनहरु सञ्चालनमा आएका छन् । पैंसठ्ठी किलोमिटरको यस सडकमा वर्षेनी वर्षायाममा सडकको विभिन्न स्थानमा पहिरो जाने र सडक भासिने गर्नाले समस्या हुँदै आएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार