गृहपृष्ठ ∕
समाचार ∕
धनुषाको सबैला घटनाको बिराधमा मुसहर समुदायको प्रदर्शन धनुषाको सबैला घटनाको बिराधमा मुसहर समुदायको प्रदर्शन
सप्तरी, १ असार । इलाका प्रहरी कार्यालय सबैला धनुषाको हिरासतभित्रै शम्भु सदाको हत्या भएको भन्दै आज सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरिएको छ ।
नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीको अुगवाईमा निकालिएको मुसहर समुदायको ¥याली राजविराज नगरक्षेत्रको परिक्रमा गरी बिरोधसभा गरेका छन् । घटनाको सत्यतथ्य छानबिन र दोषिमाथी कारवाहीको माँग गर्दै सडकमा उत्रिएका हुन् ।
धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयमा अनुसन्धानका क्रममा गत जेठ १४ गते नियन्त्रणमा लिइएका शम्भु सदा जेठ २८ गते हिरासत कक्षकै शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीले सदाले आत्महत्या गरेको दाबी गरिरहँदा मृतकका आफन्त तथा स्थानीयहरुले सदाको हत्या नै भएको दाबी गर्दै प्रदर्शन गर्दै आएको छ । बिरोधसभामा बोल्दै मुसहर समुदायका अगुवाहरुले प्रहरी हिरासतमा मृत्यु भएका घटनाको निष्पक्ष छाबिन गर्नुपर्ने, दोषीलाई कार्वाही गर्नुपर्ने माग गरेका छन् ।
सभालाई नेपाल राष्ट्रिय मुसहर संघका जिल्ला संयोजक राजेश्वर सदा, केन्द्रिय सदस्य गंगा सदा, सलिता सदाय, बद्री सदायलगायतले सम्बोधन गर्दै घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथी कारवाही नगरिए आन्दोलन चर्काउने चेतवानी दिएका थिए ।
क्याटेगोरी :
समाचार