Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशप्रदेश १बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु


धरान, ३१ भदौ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत सप्तरीका ३५ वर्षीय संक्रमितको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका–३ का पुरुषको बुधबार बिहान ६ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

उनका अनुसार ती संक्रमित उच्च रक्तचापसँगै मृगौलाको समस्याबाट पनि पीडित थिए । उनी एक वर्षदेखि सातामा दुईपटक डायलसिस गराउँदै आएका थिए ।

ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा कठिनाइ भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका ती पुरुषको भदौ २८ गते पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो । त्यहाँबाट थप उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा रिफर गरिएको थियो ।

प्रवक्ता सापकोटाका अनुसार उनलाई आईसीयूमा राखेर उपचार गरिँदै थियो । यससँगै प्रतिष्ठानमा मृत्यु हुने संक्रमितको संख्या २८ पुगेको छ ।


क्याटेगोरी : समाचार, प्रदेश १
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार