Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशनारायणगढ-मुग्लिन सडक खण्डमा पाँच वर्ष यताकै धेरै पहिरो

नारायणगढ-मुग्लिन सडक खण्डमा पाँच वर्ष यताकै धेरै पहिरो


चितवन, ३१ भदौ । नारायणगढ – मुग्लिन सडक खण्डमा एकैदिन पाँच वर्ष यताकै धेरै ठाउँमा पहिरो खसेको छ । सडक खण्डको जुगेडीदेखि मुग्लिनसम्म विभिन्न ठाउँमा सोमबार राति साना ठूला गरी ४८ वटा पहिरो खसेका हुन् । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर शिव खनालका अनुसार २०७२ साल यता यति धेरै पहिरो एकै पटक खसेको थिएन । खसेका पहिरोमध्ये ७० प्रतिशतभन्दा बढी नयाँ ठाउँमा खसेका छन् ।

जुगेडीदेखि दासढुङ्गासम्म अहिलेसम्म पहिरो नखसेका ठाउँमा पनि यस पटक पहिरो खसेको छ । मनसुनमा लगातारको पानीले गलेको जमिन ठूलो पानी परेपछि लेदोसहितको पहिरो खसेको थियो । चारकिलो, घुमाउने, सत्र किलो र पाँचकिलोमा ठूलो पहिरो र अरु ठाउँमा साना साना पहिरो खसेका हुन् ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीले पहिरो खसेलगत्तै हटाउने काम हुँदै आएको बताए । यो सडक काठमाण्डौ, पोखरा लगायतका शहरलाई तराईसँग जोड्ने मुख्य सडक हो ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार