Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशप्रदेश २पाँच जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नापी कार्यालय मलङ्गवा ‘सिल’

पाँच जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नापी कार्यालय मलङ्गवा ‘सिल’


सर्लाही, ३१ भदौ । एकै पटक पाँच जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि नापी कार्यालय मलङ्गवा एक हप्तालाई ‘सिल’ गरिएको छ ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीएसमी) को मङ्गलवार दिउँसो बसेको बैठकले सात दिनका लागि नापी कार्यालय मलङ्गवा बन्द गर्ने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । नापीका एक जना अमिन, एक जना सर्वेक्षक र तीन जना कार्यालय सहयोगमा कोरोना सङ्क्रमण पोजिटिभ पाइएको हो ।

कर्मचारीहरुले भदौ २२ गते थ्रोट स्वाब दिएका थिए । सङ्क्रण पुष्टी भएकाहरुले मङ्गलवारसम्म पनि अन्य कर्मचारी र सेवाग्राहीहरुसँग घुलमिल भएर काम गरेका नापी कार्यालय मलङ्गवाले जनाएको छ । सङ्क्रमित कर्मचारीमा कोरोना भाइरसको कुनै लक्षण भने नदेखिएको र उच्च मनोवल बनाई घरमा बस्न भनिएको कार्यालय प्रमुख एवं प्रमुख नापी अधिकृत नसिमुल गनीले बताए।

स्वाब दिएपछि पनि कर्मचारीहरुले बाध्यताबस भीडभाडमै बसेर सेवा प्रवाह गरेकाले यसबिचमा नापी कार्यालय मलङ्गवामा सेवा लिन आएका सेवाग्राहीहरुलाई सावधानी अपनाउन कार्यालय प्रमुख गनीले आग्रह गरेका छन् ।
समुदाय स्तरमा अत्यधिक सङ्क्रमण पाइएपछि एक महिना बन्द गरिएका सर्लाहीका सरकारी कार्यालयहरु अघिल्लो साताबाट खुलेका हुन् । धेरै दिनपछि खुलेका प्रशासन, नापी, मालपोत लगायतका कार्यालयहरुमा सेवाग्राहीको भीड लाग्ने गरेको छ ।


क्याटेगोरी : समाचार, प्रदेश २
ट्याग : #Corona

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार