शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल प्रयोगशाला र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षण अनुसार संक्रमितमध्ये दुई महिला र दुई जना पुरुष रहेका छन् ।
यस्तै ललितपुरमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा सो पुष्टि भएको हो । संक्रमित महिला हुन् ।