Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रवासअमिताभ बच्चनले दिए एसिड पीडितको न्यायका लागि सङ्घर्षरत उज्ज्वल थापालाई बधाई

अमिताभ बच्चनले दिए एसिड पीडितको न्यायका लागि सङ्घर्षरत उज्ज्वल थापालाई बधाई


काठमाण्डौ, ३० भदौ । बलिवुड अभिनेता अमिताभ बच्चनले एसिड पीडितको न्यायको लागि सङ्घर्ष गरेको र दोषीलाई कारबाहीको लागि पहल गरेको भन्दै नेपालका उज्ज्वल विक्रम थापालाई बधाई दिएका छन् ।

सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत अभिनेता बच्चनले थापालाई बधाई दिएका हुन् । अमिताभले ट्वीटमा लेखेका छन्, ‘एसिड पीडितको लागि तपाईँले गनुएभएको सङ्घर्ष र कठिन कार्यले शेरवुड कलेजमात्र नभइ तपाईँको देश नेपाललाई पनि गौरव महसुस गराएको छ ।’

साथै अमिताभले समाजसेवी थापालाई यस्तै राम्रो कामलाई निरन्तरता दिन शुभेच्छा प्रकट गरेका छन् ।


क्याटेगोरी : प्रवास, समाचार, साहित्य
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार