Techie IT
×
गृहपृष्ठसमाचार६ जनाको हत्या भएको सोती घटनाबारे गृहमन्त्रालयको विस्तृत अनुसन्धान

६ जनाको हत्या भएको सोती घटनाबारे गृहमन्त्रालयको विस्तृत अनुसन्धान


काठमाडौं, १ असार । रुकुम पश्‍चिमको चौरजहारी सोतीमा गत जेठ १० गते ६ जनाको ज्यान जानेगरी भएको घटनामा गृहमन्त्रालयले प्रतिबेदन पेश गरेको छ ।

जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं। ४ बस्ने नवराज वि.क सहित ६ जनाको मृत्यु भएको सम्बन्धमा गृह मन्त्रालयद्वारा गठित छानविन समितिले घटनाका सम्बन्धमा विस्तृत छानविन गरी दोषीलाई कानूनबमोजिम कारबाही हुन सिफारिश गरी प्रतिवेदन पेश गरेको हो ।

साथै प्रस्तुत जघन्य घटनाका सम्बन्धमा नेपाल प्रहरीबाट कानून बमोजिम विस्तृत छानविन र अनुसन्धान भई अनुसन्धानबाट दोषि देखिएका प्रतिवादीहरु डम्बर बहादुर मल्ल, डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मान बहादुर मल्ल, टोप बहादुर मल्ल, बिनोद मल्ल, लिपेन्द्र कुमार मल्ल, ईन्द्रबहादुर भन्ने इर्द बहादुर ठकुरी, हर्क बहादुर मल्ल तिलक चन्द, नेत्र बहादुर मल्ल, रेशम बहादुर मल्ल, विष्णु मल्ल, बिराज पुन मगर र सर्वजित भन्ने सविन पक्राउ परेका छन् ।

गृहमन्त्रायले यसबारेमा सोमबार बिज्ञप्ति गरेको बिज्ञप्ति अनुसार मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसूर अनुसार बिपरित कसुर अपराधमा सजाय हुन, पक्राउ परेका प्रतिवादी ईन्द्र बहादुर मल्लले उल्लेखित घटनाको सूचना पाएर पनि सम्बन्धित निकाय समेतलाई कुनै जानकारी नगराई उक्त घटनालाई लुकाई छिपाई मतियारको कार्य गरेको जनाइएको छ । त्यसैगरी विनोद मल्ल, रेशम मल्ल समेतले नवराज बि.क. समेतका व्यक्तिहरुलाई लखेट्दै ल्याई नियन्त्रणमा लिई कुटपिट गर्ने कार्यमा तुलबहादुर मल्ल, दिपेन्द्र चन्द, रमित पुन मगर र नविन कुमार जिएमले सहयोग गरेको उल्लेख छ ।

त्यसैगरी इन्द्र बहादुर मल्ल, तुलबहादुर मल्ल, दिपेन्द्र चन्द, रमित पुन मगर र नविन कुमार जिएमलाई मुलुकी अपराध संहिता बमोजिम कसूर अपराधमा कानून बमोजिम सजाय हुने पनि जनाइएको छ ।

यस आपराधिक घटनाका सम्बन्धमा विस्तृत छानविन तथा अनुसन्धान पश्‍चात कानून बमोजिम न्यायिक निरुपणका लागि अभियोजन समेत भइसकेको छ । यस प्रकारका घटना दोहोरिन नदिन र दोषीहरुमाथि कानून बमोजिम कारबाही गर्न नेपाल सरकार सदैव संवेदनशील रहेको जनाइएको छ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस