Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

झापाको क्वारेन्टिन व्यवस्थापनमा सेना


झापाको चार स्थानीय तहका क्वारेन्टिनको व्यवस्थापनमा नेपाली सेना खटिएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयानुसार नेपाली सेनाको २१ नम्बर बाहिनी केर्खाको टोलीले चार स्थानका क्वारेन्टिनको सुरक्षा र व्यवस्थापनको नेतृत्व सम्हालेको हो ।

सो बाहिनीका बाहिनीपति डा आशबहादुर तामाङका अनुसार मेची बहुमखी क्याम्पस, कलबलगुडी, कचनकवल र मेचीनगरमा सेनाको टुकडी रहेको छ । भद्रपुरस्थित कलबलगुढीमा लामो समयदेखि व्यवस्थापन हेरिरहेको नेपाली सेनाले कचनकवल गाउँपालिका र पूर्वी नाका काँकडभिट्टामा केही दिनदेखि व्यवस्थापकीय सेवा प्रदान गर्न थालेको हो ।

सरकारले देशभरका २० नाकामध्ये काँकडभिट्टाबाट भारतमा रहेका नेपालीलाई फर्कन खुला गरेपछि त्यसलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नेपाली सेनालाई परिचालन गरेको हो । उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिसँगै मिलेर नेपाली सेनाले कोडिभ–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा काम गरिरहेको बताए ।

सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी नै रहने तथा काँकडभिट्टा माविस्थित होल्डिङ सेन्टरमा स्वाथ्यकर्मी, जनप्रतिनिधिसहितको टोलीसँगै रहेर स्वास्थ्य जाँच, व्यवस्थापनमा सेनाको टोलीले सहयोग गरिरहेको उनले बताए ।

सीमा क्षेत्रबाट भित्रिने सबै नेपालीलाई होल्डिङ सेन्टरमा ल्याएर ज्वरो नाप्ने र आरटिडी गर्ने काम भइरहेको छ । नेपाली सेनाले स्वास्थ्य परीक्षण र अभिलेखको काम गरिरहेको छ । बाहिनीपति डा तामाङले काँकडभिट्टा र कचनकवलस्थित सेना टुकडीको अनुगमन तथा अवलोकन गरेका छन् । सो अवसरमा उनले क्वारेन्टिनलाई मापदण्डअनुरुप बनाउन तथा त्यसको व्यवस्थापन गर्न र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन निर्देशन दिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट