गृहपृष्ठ ∕
समाचार ∕
सन्दीपलाई राष्ट्रिय टोलीमा सहभागी गराएको विरोधमा प्रदर्शन
सन्दीपलाई राष्ट्रिय टोलीमा सहभागी गराएको विरोधमा प्रदर्शन
बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीमा सहभागी गराएको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
उच्च अदालत, पाटनले पुर्पक्षका लागि धरौटीमा छाड्ने आदेश दिएसँगै नेपाल क्रिकेट संघ (क्यान) निलम्बन फुकुवा गरेको थियो। उनलाई माघ २० गतेदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ।
यसको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। प्रदर्शनमा उत्रिएका विभिन्न क्षेत्रका व्यक्तिहरूले बलात्कारको अभियुक्तलाई राष्ट्रिय टोलीमा समावेश गर्ने निर्णय फिर्ता लिन माग गरेका छन्।
क्याटेगोरी :
समाचार
ट्याग : #hot