Techie IT
×
गृहपृष्ठसमाचारतीस हजार विद्यालय क्वारेन्टाइनमा छन्, अब प्रविधिको माध्यमबाट सिकाइ सुरु : प्रम ओली

तीस हजार विद्यालय क्वारेन्टाइनमा छन्, अब प्रविधिको माध्यमबाट सिकाइ सुरु : प्रम ओली


काठमाडौँ, १ असार । नेपालका ५० लाख बालबालिका आजबाट शिक्षाको वैकल्पिक प्रविधिको प्रयोगबाट अध्ययन सुरु गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारणमार्फत शिक्षाको वैकल्पिक प्रविधिका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले ५० लाख बालबालिकालाई अहिलेको प्रविधिको माध्यमबाट सिकाइ प्रक्रियामा सहभागी हुन अनुरोध गरेका हुन् ।

उनले चैत्र ११ गतेदेखिको लकडाउनको कारणले विद्यालय बन्द भएको बताउँदे नेपालका तीस हजार २ सय विद्यालय क्वारेन्टाइनमा रहेको र बालबालिकाहरू उच्च जोखिममा परेकाले अब प्रविधिको माध्यमबाट सिकाइ सुरु गर्न लागेको बताए ।

माध्यमिक शिक्षा र एसइइको परीक्षा रोकिएको उनले बताए । उनले आम अभिभावक तथा विद्यार्थीहरूमा भाइरसको महामारी नरोकिएकाले अब प्रविधिमा आधारित शिक्षाको सुरुवात गर्न लागेको बताए । उनले लकडाउन सकिएको नभएर केही खुकुलो मात्रै पारिएको बताए । उनले सामाजिक दूरी कायम नराख्ने, मनखुसी रुपमा हिड्ने सबै सङ्क्रमण जोखिम बढ्ने भएकाले त्यो कार्य नगर्न सबैमा अनुरोध समेत गरेका छन् ।

प्रम ओलीले विद्यालय र समाज भनेको सिकाइका केन्द्र भएकाले बालबालिकाहरूलाई यो समयमा धेरै कुरा सिकाउन सकिने बताए । लकडाउन खुकुलो बनेसँगै अब विद्यार्थीहरूको शैक्षिक शत्रलाई खेर जान नदिनको लागि विद्यार्थीहरूको पँहुच अनुसारको शैक्षिक कार्यक्रम सुरु गरिन लागेको उनले स्पष्ट पारे। सरकारले अब रेडियो, टेलिभिजन, इन्टरनेट र कम्युटरको पहुँचको आधारमा प्रविधिमा आधारित शिक्षा प्रदान गर्न लागेको प्रधानमन्त्री ओलीले बताए । ‘सबैको विद्यार्थीको पहुँच सबै माध्यममा छैन सोही आधारमा हाम्रो स्थानीय तहहरूको अवस्थाको आधारमा वैकल्पिक शिक्षा प्रदान गर्न लागिएको छु’ प्रधानमन्त्री ओलीले भने ।

‘अब अभिभावकहरूले समेत प्रतिकूलताको आधारमा स्वअध्ययन, रेडियो, टिभी,अनलाइन,अफलाइनमार्फत शिक्षा प्रदान गरिनेछ’ प्रधानमन्त्री ओलीले भने । अहिलेका विद्यार्थीहरू प्रविधिमा अभ्यस्त भइसक्नुभएकाले सोही आधारमा समेत शिक्षा दिने वातावरणको विकास भएको उनले बताए । केही स्थानीय तहमा प्रविधिको विकास धेरै भएपनि केही स्थानीय तहमा कम विकास भएको कारणले अब वैकल्पिक शिक्षाको निर्देशिका जारी गर्दा स्थानीय तहको वर्गीकरण गरेर सोही अनुसार कार्यक्रम सुरु गर्ने प्रधानमन्त्री ओलीलेको भनाई छ । उनले विद्यार्थीको पहुँचको आधारमा रेडियो टेलिभिजन, कम्युटरमा अफलाइन सामग्री उपलब्ध गराउने बताए ।

उनले यो चुनौती मात्र नभए अवसरको रुपमा समेत विकास भएको बताए । नयाँ प्रविधिको विकाससँगै माध्यमिक शिक्षा एसइइको विकल्पको बहससमेत सुरु भएको छ । हामीले हाम्रा पुर्खाहरूले विकास गरेको बौद्धिक सम्पत्तिको रक्षा गर्दै आधा करोड विद्यार्थीले अब नयाँ प्रविधिको विकास गर्न सक्नेछन् ।

सरकारले समाजले गर्ने भनेको शिक्षाको लगानी रहेको ओलीले बताए । उनले शिक्षाले समाजमा सक्षम उत्तराधिकारी बनाउने बताए । सरकार तथा समाजले ज्ञान र सीप समाजलाई सक्षम बनाउने खालको हुनुपर्ने भन्नेमा जोड दिइएको उनले बताए ।

उनले रुचीको आधारमा आफ्नो क्षेत्रमा विशेषज्ञ बन्नुपर्ने बताए ।उनले विद्यार्थीहरूले पछौटेपन विकास र अविकास केलाउन सक्नुपर्ने पनि बताए । उनले अरुले भन्ने भन्दा पनि आफ्नो क्षेत्रमा के बन्ने विषयमा स्वयम् दृढ निश्चय गरेर अघि बढ्न आवश्यक रहेको बताए। उनले सबैभन्दा धेरै इमान्दार आफू बन्नुपर्ने बताउँदै मेहनतको प्रतिफल आउनुपर्ने र अनुसन्धानमा आधारित हुनुपर्ने बताए । विज्ञानको उच्चतम प्रयोग गरेर अब आउने पुस्ता इतिहासकै भाग्यमानी पुस्ताको रुपमा अघि बढाउन सरकार दृढ सङ्कल्पको साथ अघि बढाएको बताए । उनले देशमा अब थप आन्दोलनको आवश्यकता नरहेको बताउँदै देश समृद्धिको बाटोमा अघि बढेको बताए

जोखिमको अवस्था आँकलन गरेर वैकल्पिक शिक्षाको विकास गरेर यो शैक्षिक वर्ष खेर जान नदिने अभियानमा लागेको उनको भनाई छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस