गृहपृष्ठ ∕
समाचार ∕
मकवानपुरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मकवानपुरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी–६ नयाँबस्तीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
ना ७ ख ८४७८ नम्बरको ट्याङ्करले ना १४ प ९९४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका(१५ का ४० वर्षीय शंकरत्न तितुङको ज्यान गएको हो । तितुङको ज्यान गएपछि स्थानीय बासिन्दाहरुले दुई घण्टासम्म पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।
ठक्कर दिने ट्याङ्कर तथा चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
क्याटेगोरी :
समाचार