Techie IT
×
गृहपृष्ठसाहित्यकोरोना कहर

कोरोना कहर


आदित अजात

म अलि अलि डराएको छु,
कता कता हो हराएको छु ।
कोरोनाको कहर भन्छन्
सपनीमा पनि ओठ काँप्छन् ।।

म अलि अलि डराएको छु,
कता कता हो हराएको छु ।।

तरकारी के खाने थाहा छैन,
ओखती उपचारको त कुरै छैन ।
कोरोनाको कहर भन्छन्,
परिवारसँग टाढा बस भन्छन् ।।

म अलि अलि डराएको छु,
कता कता हो हराएको छु ।।

तलाई त तलब आइहाल्छ भन्छन् ।
व्यापारी साथीहरु होच्याउँछन् ।
कोरोनाको कहर भन्छन्
८ रुपियाँको कोक्रो १५ तिनै ठटाउँछन् ।।

म अलि अलि डराएको छु,
कता कता हो हराएको छु,

विश्व स्वास्थ्य संगठनको भरोसामा,
राज्य पनि तिनैको आशामा,
कोरोनाको कहर भन्छन्
मात्र भर परे, यिनले बिताउँछन् ।।

म अलि अलि डराएको छु,
कता कता हो हराएको छु ।।

छर छिमेकलाई सहयोग गरौं,
कोरोना लाग्दैमा नडराऔं।
कोरोनाको कहर भन्छन्,
खै संकटमा को को काम लाग्छन् ?

म अलि अलि डराएको छु,
कता कता हो, हराएको छु ।।

सुन्दर भविष्यको आशा गरौं,
गरिब दुःखीको घाउँ भरौं ।
कोरोनाको कहर भन्छन्,
एक मात्र उपाय यहीँ भन्छन् ।।

म अलि अलि डराएको छु,
कता कता हो हराएको छु ।
कोरोनाको कहर भन्छन्
सपनीमा पनि ओठ काँप्छन् ।। अस्तु


क्याटेगोरी : साहित्य


प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार