Techie IT
×
गृहपृष्ठसाहित्यनायिका निरिशा बस्नेत कोरोनाबाट संक्रमति

नायिका निरिशा बस्नेत कोरोनाबाट संक्रमति


एजेन्सी, ३० जेठ । नेपाली नायिका निरिशा बस्नेत कोरोना भाइरसबाट संक्रमित भएकी छिन्। उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको विषयलाई सामाजिक संजालमार्फत् जानकारी गराएकी हुन् ।

नायिका बस्नेतले आफ्नो भिडियो पोस्ट गर्दै कोरोना संक्रमित भएको र अस्पतालमा उपचारको क्रममा रहेको बताएकी छिन् । आफु उपचार गराइरहेको र अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताएकी छिन् ।

नायिका बस्नेत भारतीय टेलीभिजन शो ‘प्रेम नन्दिनी’ सहित थुप्रै टेलिसिरियलमा नायिका भएर काम गरिसकेकी छन् । उनी दुई वर्षअघि फिल्म ‘जानी नजानी’ को सुटिङ र रिलिजका क्रममा नेपाल आएकी थिइन् ।


क्याटेगोरी : साहित्य
ट्याग : #Corona


प्रतिक्रिया दिनुहोस