Techie IT
×
गृहपृष्ठसाहित्यक्यान्सरको उपचार गर्न अमेरिका जाँदै भारतीय अभिनेता सञ्जय दत्त

क्यान्सरको उपचार गर्न अमेरिका जाँदै भारतीय अभिनेता सञ्जय दत्त


एजेन्सी, ९ भदौ । बलिउड स्टार सञ्जय दत्त फोक्सोको क्यान्सरको उपचार गर्न अमेरिका जाने भएका छन् । उनी न्युयोर्क स्थित क्यान्र सेन्टर जाने तयारीमा छन् जहाँ बलिउड नायिका मनिषा कोइरालाले पनि उपचार गरेकी थिइन् ।
टाइम्स अफ इन्डियाका अनुसार सञ्जयले अमेरिका जान भीसाको आवेदन दिएका छन् । तर, उनले भीसा पाउन सजिलो भने नभएको बताइएको छ । सन् १९९३ मा मुम्बई बिष्फोटमा दोषी ठहरिएकाले समस्या रहेको छ । तर, स्वास्थ्योपचारको लागि उनले भीसा पाउने सम्भावना रहेको छ ।

सञ्जयसँग उपचारका लागि उनकी पत्नी मान्यता र बहिनी प्रिया दत्त न्युयोर्क जाने तयारीमा छन् । न्युयोर्कमा सञ्जयकी छोरी त्रीशला पनि बस्छिन् ।

सञ्जयकी आमा नर्गिसको सन् १९८० र १९८१ ताका न्युयोर्कको क्यान्सर अस्पतालमै उपचार भएको थियो । सोही अस्पतालमा ऋषि कपुर, मनिषा कोइराला र सोनाली बेन्द्रेको उपचार भएको थियो । मनिषा र सोनाली क्यान्सरको उपचारपछि सामान्य अवस्थामा फर्किएका छन् ।

अमेरिकाले भीसा नदिए सञ्जय सिंगापुर जाने तयारीमा छन् । दुई हप्ता अघि सञ्जयको फोक्सोमा क्यान्सर भएको खुलेको थियो । उनले मुम्बईमा चेकजाँच गरेपछि तेस्रो चरणमा पुगिसकेको क्यान्सको उपचार अमेरिकामा उपचार गर्ने भएका हुन् ।


क्याटेगोरी : साहित्य, स्वास्थ्य


तपाईको प्रतिक्रिया दिनुहोस