Techie IT
×
गृहपृष्ठरोचकमुर्दाघरमा सुशान्तको शवसँग बसेर के गरिन् रियाले ?

मुर्दाघरमा सुशान्तको शवसँग बसेर के गरिन् रियाले ?


मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको विषयमा सीबीआइको जाँच सुरु भएको छ । यही बेला एक रिपोर्टमा सुशान्तको मृत्यु भएको भोलिपल्ट रिया चक्रवर्ती कूपर अस्पतालको मुर्दाघरमा सुशान्तको शवसँग ४५ मिनेटसम्म बसेको दावी गरिएको छ । यससम्बन्धी एउटा भिडियो पनि सार्वजनिक भएको दावी गरिएको छ ।

टाइम्स नावको रिपोर्टअनुसार उनीहरुले एउटा भिडियो भेट्टाएका छन् जसमा रिया अस्पतालको मुर्दाघरमा गएको र ४५ मिनेटपछि बाहिर आएको देखिएको छ । भिडियो १५ जून बिहानको भएको दावी गरिएको छ । भिडियोमा रियासँग दुई युवक र एक युवती देखिएका छन् । ती युवती श्रुती मोदी हुन सक्ने अनुमान गरिएको छ । दुई युवकहरुमध्ये एक रियाका भाइ शोभिक र अर्का सुशान्तका हाउस म्यानेजर सामुएल मिरान्डा भएको दावी गरिएको छ ।

भिडियो सार्वजनिक भएपछि रियाले मुर्दाघरमा जाने अनुमति कसरी पाइन् भन्ने प्रश्न उठेको छ किनकि मुर्दाघर प्रतिबन्धित क्षेत्र हो र यहाँ पुलिस र मृतकको परिवारको अनुमति बिना कोही जान पाउँदैन । भिडियो सार्वजनिक भएपछि भाजपा नेता सुब्रमन्यम स्वामीले प्रश्न उठाएका छन् । उनले पोस्टमार्टम भइरहेका बेला रिया ४५ मिनेटसम्म मुर्दाघरमा बसेर प्रमाण नष्ट गरिरहेकी थिइन् ? भनेर प्रश्न उठाएका छन् ।


क्याटेगोरी : रोचक, साहित्य


प्रतिक्रिया दिनुहोस