Techie IT
×
गृहपृष्ठसाहित्यसाहित्य ‘पानी’ र ‘मालपानी’को तुलनात्मक अध्ययन

साहित्य ‘पानी’ र ‘मालपानी’को तुलनात्मक अध्ययन


रक गार्डेन, वीपी पार्क बनाउँदा ठेक्कापट्टा हुन्छ । ठेकेदारले कमाउँछ । कर्मचारीले कमिसन (पिसी) कुम्ल्याउन पाउँछन । नेताले कमिसनसहीत भौतिक विकासको मालश्री गाउन पाउँछन । मेरो पालोमा यसोउसो भो भनिकन भाषण छाँटेर जनतालाइ उल्लु बनाएर फेरी भोट बटुल्ने मौका पाउँछन । अर्थात समग्रमा भागशान्ति जै नेपाल र लालसलाम नामको समाजवाद उन्मुख ‘मालपानी आउँछ ।

जलाधार संरक्षण गरे के पाउँछन ?  खाली ‘पानी’ मात्र आउँछ । त्यो पानी पनि सबै धरान नगरबासीले पाउने हो । भूँइ मान्छेले खाने हो । ठेकेदार नेताको घरमा त मिनरल वाटर आइहाल्छ । सर्दूको जलाधार सुकेर के भो ? बजारमा स्विमिङ् पुल छँदैछ । ‘मालपानी’ भन्दा पानी ठूलो होइन । ‘मालपानी’ दूइ शब्द (माल +पानी = मालपानी) र चार अक्षरले बनेको संयुक्त शब्द हो । ‘पानी’ दूइटा अक्षरले बनेको टुहुरो शब्द भो । लाटो देशमा गँणाहा तन्नेरी भनेको यहि हो ।

(फोटो स्थानीय ओसो स्वामी परमानन्दम श्रेष्ठको मुहार पुस्तिकाबाट लिइएको हो ।)


क्याटेगोरी : साहित्य
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस