Techie IT
×
गृहपृष्ठसाहित्यबलिउड सुपरस्टार अमिताभ बच्चनले यसरी जिते कोरोना

बलिउड सुपरस्टार अमिताभ बच्चनले यसरी जिते कोरोना


एजेन्सी, ३२ साउन । बलिउड सुपरस्टार अमिताभ बच्चनले कोरोना संक्रमणबाट ठिक भएपछि पहिलो पटक तस्वीर सार्वजनिक गरेका छन् । उनले मुम्बईको घरमा रहेको गुलमोहरको रुख बारेमा लेख्दै तस्वीर सेयर गरेका हुन् ।

अमिताभ भर्खरै मात्र कोरोना भाइरसको संक्रमण भएपछि केहि हप्ता अस्पतालमा बसेर घर फर्किएका हुन् । उनले सामाजिक सञ्जालमा गरेको पोस्टमा ४४ वर्ष अघि आफैले मुम्बईस्थित घरमा रोपेको गुलमोहरको रुख जुन अहिले आएर भाँचिएको बारेमा चर्चा गरेका छन् । अब उनले आफ्नो दिवंगत आमा तेजवन्त र कौर सुरीको सम्झनामा रुख रोप्ने बारेमा पनि बताएका छन्ज । सको नाम तेजी बच्चनले चिनिनेछ । उनले आफ्ना बुबा हिन्दीका प्रसिद्ध कवि हरिवंश राय बच्चनको कविता पनि उद्धृत गरेका छन् ।

अमिताभको आमालाई फुलको बगैचा निकै मन पर्ने थियो । र नयाँ घरमा सिफ्टभएपछि नयाँ वातावरणमा सुन्दर बगैचा बनाएका थियौ उनलाई फुल ताजा ताजा चाहिन्थ्यो भन्दै अमिताभको पोस्टमा बिग बीले लेखेका छन् ।


क्याटेगोरी : साहित्य, स्वास्थ्य
ट्याग : #Corona


प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार