Techie IT
×
गृहपृष्ठप्रवासअमेरिकामा लोकगायक प्रेमराजा महत दम्पत्ति कोरोना संक्रमित

अमेरिकामा लोकगायक प्रेमराजा महत दम्पत्ति कोरोना संक्रमित


अमेरिका बस्दै आएका लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
लोकगायक महतले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका हुन् ।

उनले ध्यान राख्दा राख्दै दुर्भाग्यबस श्रीमान्–श्रीमती दुवैजना कोरोना संक्रमित हुनबाट जोगिन नसकेको जनाएका छन् । उनले हाल आफ्नै घरको एउटा कोठामा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा आइसोलेसनमा बसेको बताएका छन् ।

कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाले गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गरेका छन् । यसो गर्दा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्ने महतको भनाइ छ ।

साउन २४, २०७७


क्याटेगोरी : प्रवास, साहित्य
ट्याग : #Corona, #hot


तपाईको प्रतिक्रिया दिनुहोस