मर्ने हुन् कि डकारी, रित्तै पारे भकारी…
यता हेरे क्रान्तिकारी
उता महामारी
कोरोना र सलहले
रित्तै भो भकारी
समाजवादीले भेटे बाँडेर खान्छ । साम्यवादीले फोडेर खान्छ । सहेर बस्ने जनता पाए जसले नि हात जोडेर खान्छ ।
उफ्रि उफ्रि मच्चिने मान्छे
कसरी होला थच्चिने ?
मन्त्री हुँदा बिग्रेको नेता
चुनाव आउँदा सच्चिने ।
मर्ने हुन् कि डकारी
रित्तै पारे भकारी …..
कलाकार सुबोध गौतमको गाइजात्रे प्रस्तुती,
क्याटेगोरी :
साहित्य
ट्याग : #subodh gautam