Techie IT
×
गृहपृष्ठसाहित्यप्रिती आलेको तिज गीत ‘डिस्टर्ब नगर’ (भिडियोसहित)

प्रिती आलेको तिज गीत ‘डिस्टर्ब नगर’ (भिडियोसहित)


काठमाडौं, १६ साउन । चर्चित गायिका प्रीती आलेको स्वर रहेको ‘हामी नाच्ने हो गाउने हो डिस्टर्व नगर’ बोलको तिज गीत सार्वजनिक भएको छ । राजबहादुर सानेको शब्द–संगीत र लय रहेको गीतको भिडियोलाई कृष्ण परियारले निर्देशन गरेका छन् । गीतमा कोरियोग्राफी बाबु जिम्बाको छ ।

किम्भे प्रडक्सन युट्युब च्यानलमार्फत सार्वजनिक भएको भिडियोमा गायिका प्रिति आलेसँगै रिया श्रेष्ठ, कसिस दाहाल, सबिता आले, विमला गुरुङ, ज्याक गुरुङ, शिशिर रणा, दीपक जंग शाही लगायतको अभिनय छ ।

यस भिडियोलाई युयुस ढकालले छायांकन गरेका छन् । भिडियोको सह–निर्माता प्रकाश हमाल, निर्माता सौर्यल थापा र निर्माण किम्भे प्रोडक्सनले गरेको हो । नेपालीहरुको मौलिक र महान् चाड तिजकै अस्तित्व धरापमा पर्नेगरी छाडा संस्कृति मौलाइरहेका बेला यस गीत र भिडियो नेपाली परम्परालाई प्रवद्र्धन गर्नेगरी छायाँकन गरिएको निर्माण पक्षले जनाएको छ । यसको सुटिङ पर्यटकीय नगरी सालिनदीमा गरिएको छ । गीतले दर्शलाई भरपुर मनोरञ्जन र मौलिकता जर्गेना गर्न सन्देश समेत दिने निर्माण पक्षले जानकारी दिएको छ ।

भिडियो हेर्न तल थिच्नुहोस् 




क्याटेगोरी : साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस