Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

ऐश्वर्या राय र छोरी आराध्या कोरोना मुक्त


एजेन्सी, १२ साउन । बलिउड अभिनेत्री तथा पूर्वमिस वर्ल्ड ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या कोरोना मुक्त भएका छन् । मुम्बईको नानावटी अस्पतालमा उपचाररत उनीहरु कोरोना मुक्त भएसँगै अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बलिउडका महानायक अमिताभ बच्चनको परिवार नै कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएको थिए । बच्चन परिवारको जया बच्चनबाहेक अमिताभ, अभिषेक, ऐश्वर्या र आराध्या नानावटीमा भर्ना भएका थिए ।

कोरोना पोजेटिभ भएको छ दिनपछि अस्पताल भर्ना भएका ऐश्वया र आराध्या १० दिन अस्पताल बसेपछि डिस्चार्ज भएका हुन् । गत १२ जुलाईमा उनिहरु कोरोना संक्रमित भएका थिए ।


क्याटेगोरी : साहित्य

प्रतिक्रिया


ताजा अपडेट