Techie IT
×
गृहपृष्ठसाहित्यसाम्राज्ञीविरुद्ध भुवन केसीले १० करोडको क्षतिपूर्ति दावि गर्दै मुद्धा दर्ता

साम्राज्ञीविरुद्ध भुवन केसीले १० करोडको क्षतिपूर्ति दावि गर्दै मुद्धा दर्ता


काठमाडौं, १० साउन । नेपाली फिल्मका नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन्। फिल्म सुटिङको दौरान नायक केसीले आफूमाथि अपमान गरेका र आफू अपमानित भएको बताउँदै आएकी छन्।

तर नायक केसीले भने आफूले नायिका शाहको मान मर्दन हुने त्यस्तो कुनै काम नगरेको र उल्टै आफूविरुद्ध नायिका साम्राज्ञीले लाञ्छाना लगाएको भन्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आइरहेका छन्। नायक केसीले १० करोड रुपैयाँ क्षतिपूर्ति माग दाबी गर्दै नायिका शाहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।

शुक्रबार क्षतिपूर्ति माग दाबीसहित मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिएका हुन् । यसअघि नायक भुवनले चलचित्र कलाकार संघमा पनि साम्राज्ञीले लगाएको आरोपबारे सत्यतथ्य छानबिनका लागि भन्दै उजुरी दिएका थिए। यी दुई कलाकारबीच बीचको आरोप–प्रत्यारोप बढ्दै गएपछि यसले केही समययता नेपाली फिल्मकर्मीको ध्यान खिचिएको छ।


क्याटेगोरी : साहित्य
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस