निलिमा थापाको ‘मस्तै मस्तै……’ गीत सार्वजनिक

काठमाडौं, साउन । सनिश श्रेष्ठ र निलिमा थापा मगरको स्वरमा रहेको गीत ‘मस्तै मस्तै…’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, सुबाश भुसालको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा स्वस्तिमा खड्का र रंजीत पौडेललाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।
बुद्ध थापाको छायाँकन रहेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । अनिल केसीको प्रस्तुति रहेको भिडियोलाई ‘आफ्नो मन्’ युट्युव च्यानल मार्फत रिलिज गरिएको छ ।
गीत हेर्नको लागि यस लिङ्कमा क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?v=a0j41_3iTcg&feature=youtu.be
क्याटेगोरी : साहित्य
प्रतिक्रिया