राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’ का गायक अजय थापाको निधन

काठमाडौं, १२ असार । नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायकमध्येका एक अजय थापाको शुक्रवार कोरोनाबाट निधन भएको छ। मेचीनगर नगरपालिका ३ बडाखाल निवासी थापामा गत आइतबार कोरोना संक्रमण देखिएको थियो। त्यसपछि उनलाई उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो।
भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा शुक्रवार बिहान ६ बजे उनको निधन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए। उनकी पत्नी राधा थापासमेत कोरोना संक्रमण भएर सोही हस्पिटलमा उपचाररत् छिन्।
विसं २०६२६३ को जनआन्दोलन सफल भएपछि ब्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो।
क्याटेगोरी : साहित्य
ट्याग : #ajaya thapa, #hot
प्रतिक्रिया