Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

आलिया भट्टको तस्बिर सामाजिक सञ्जालमा भाइरल


एजेन्सी । भारतीय सेलिब्रेटी फोटोग्राफर डब्बु रतनानीको क्यालेन्डर हरेक वर्ष चर्चामा रहन्छ । रतनानीको क्यालेन्डरमा केही बलिउडका कलाकारहरुको ग्लैमरस र बोल्ड तस्बिरहरु देखिन्छन् । डब्बु रतनानीको २०२१ को क्यालेन्डरको लागि केही बलिउड कलाकारहरुले फोटोसुट गरिसकेका छन् ।

यसै क्रममा आलिया भट्टले पनि क्यालेन्डरको लागि गरेको फोटोसुट सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् । आलियाको उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । यस तस्बिरमा आलियाले निलो आउटफिटमा आकर्षक पोज दिएकी छिन् ।

आलियाले डब्बुको क्यालेन्डलरलाई धेरै पटक फोटोशुट गराइसकेकी छिन् । यस पटक भने उनी टापलेस अवतारमा पनि देखिएकी छिन् । नयाँ क्यालेन्डर हालसम्म नआएपनि आलिया, सनी लियोनी, विद्याल वालन, कियारा सहितको तस्बिर भने आइसकेको छ ।

 


क्याटेगोरी : साहित्य
ट्याग : #aaliya bhatta

प्रतिक्रिया


ताजा अपडेट