Techie IT
×
गृहपृष्ठप्रवासअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतको अध्यक्षमा लक्ष्मी थापा राई

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतको अध्यक्षमा लक्ष्मी थापा राई


काठमाडौं, असार २१ गते । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० बेलायतको अध्यक्षमा लक्ष्मी थापा राई ‘लारा’ निर्वाचित भएकी छिन् ।

समाजको उपाध्यक्षमा राज श्रेष्ठ, महासचिव सन्तोष कार्की र कोषाध्यक्ष सचिन गुरुङ निर्वाचित भए ।यस्तै, सदस्यहरूमा सारादेवी गुरुङ, सेमन्त राई, भरत राई, माया गुरुङ, नृपेश उप्रेती, शुलभ श्रेष्ठ र मन्जु भण्डारी निर्वाचित भएका छन् ।

कोभिड–१९ को कारण अनेसास बेलायतले ‘भर्चुअल’ माध्यमबाट संस्थाको सातौँ अधिवेशन गत आइतबार सम्पन्न गरेको हो । कार्यक्रमको दोस्रो चरणमा गरिएको कविता वाचनमा कवि भरत राई, सेमन्त राई, नृपेश उप्रेती, मन्जु भण्डारी, सन्तोष कार्की, राज श्रेष्ठ, सारादेवी गुरुङ, डा. रुपक श्रेष्ठ, सुनिल संगम, सुमल गुरुङ, माया गुरुङ, शुलभ श्रेष्ठ, सचिन गुरुङ लगायतले भाग लिएका थिए ।


क्याटेगोरी : प्रवास, साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस