भुवन केसीले दुव्र्यवहार गरेको साम्राज्ञीको आरोप
काठमाडौं, १६ असार । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि दुव्र्यवहार भएको भन्दै खुलासा गरेपछि चलचित्र जगतमा तरंग आएको छ । उनले नायक भुवन केसीले आफूमाथि दुव्यर्वहार गरेको खुसाला गरेकी हुन् ।
‘जापानमा कार्यक्रम हुँदा त मेरो उत्पादन हो पुरानो कुरा कोट्याएर के फाइदा, त एउटा ठाउँमा पुगिसकिस् नबोल भनेर सम्झाए । भित्रदेखि धीन लागेको थियो । टाँस्सिएर त्यस्तै व्यवहार गर्ने । मुख ल्याएर बोल्ने गर्ने । बाबा बाबा आइ लभ यु भन्ने । अंकल भन्दा मन पर्दैन भनेर दाई भनेँ ।’
भुवनले आफूलाई पुरानो कुरा कोट्याएर के फाइदा भन्ने र टाँस्सिएर गाला नजिक ल्याएर बोल्ने गरेको बताएकी छिन् । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै साम्राज्ञीले भुवनप्रति भित्रदेखि घीन लागेर आउने समेत बताइन् । उनले भनेकी छिन्, ‘जापानमा कार्यक्रम हुँदा त मेरो उत्पादन हो पुरानो कुरा कोट्याएर के फाइदा, त एउटा ठाउँमा पुगिसकिस् नबोल भनेर सम्झाए । भित्रदेखि धीन लागेको थियो । टाँस्सिएर त्यस्तै व्यवहार गर्ने । मुख ल्याएर बोल्ने गर्ने । बाबा बाबा आइ लभ यु भन्ने । अंकल भन्दा मन पर्दैन भनेर दाई भनेँ ।’
यसअघि साम्राज्ञीले चलचित्र क्षेत्रमा ठुला भन्नेले गलत व्यवहार गरेको भन्दै भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसपछि भुवनले खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? भनी प्रश्न गरेका थिए । उनले साम्राज्ञीप्रति व्यंग्य गर्दै यस्तो लेखेका थिए,
‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !!’

क्याटेगोरी :
साहित्य