शुक्रबारदेखि सम्पर्कविहीन पत्रकार प्रकाश ढकाल मृत फेला

काठमाडौं, ४ मंसिर । गत शुक्रबारदेखि सम्पर्कविहीन भएका पत्रकार प्रकाश ढकाल मृत भेटिएका छन् । लालिगुराँस डटकममा कार्यररत ढकालको शव आज धादिङको कृष्णभिरमा फेला परेको छ ।
पत्रकार कमल सरगमलले पोस्टमार्टमका लागि शव काठमाडौंस्थित शिक्षण अस्पतालमा ल्याउन लागिएको जानकारी दिएका छन् । प्रहरीको सहयोगमा आज उनको खोजी गर्दा शव फेला परेको हो ।
स्याङ्जाको चापाकोटका ढकाल बिहीबार तिहार मनाएर घरबाट काठमाडौंका लागि हिँडेको र शुक्रबारदेखि सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ । शवको अवस्था हेर्दा घटना शंकास्पद देखिएको बताइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस