कवि माधवप्रसाद देवकोटोको स्मृतिग्रन्थ लोकार्पण

तानसेन, ४ मङ्सिर । नेपाली भाषाका विद्वान् कवि माधवप्रसाद देवकोटोको १२० औँ जन्मजयन्ती पाल्पाको तानसेनमा मनाइएको छ । सो अवसरमा माधव–दमयन्ती स्मृति प्रतिष्ठान पाल्पाले प्रकाशन गरेको कवि देवकोटाको स्मृतिग्रन्थ लोकार्पाण गरिएको हो ।
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले स्मृतिग्रन्थको लोकार्पाण गरे । देवकोटाको घर आफ्नै टोलमा भएकाले आफ्नै परिवारकै सदस्य रहन लाग्ने नगर प्रमुख श्रेष्ठले धारणा राखे । देवकोटाको साहित्य, दर्शन, समाजसेवा, शिक्षा, प्राध्यापन क्षेत्रमा ठूलो योगदान रहेको चर्चा श्रेष्ठले गरे।
देवकोटाका विषयमा लेखिएका ५५ वटा रचना रहेको स्मृतिग्रन्थका विषयमा साहित्यकार टंक पन्थले समीक्षा र व्यक्तित्व परिचय साहित्यकार शंकर गैरेले गरेका थिए । सो अवसरमा वरिष्ठ साहित्यकार गोपीकृष्ण शर्मालाई सम्मान समेत गरिएको छ ।
कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै डा। पन्थले देवकोटाको बहुआयामिक पक्षलाई उठान गरे । देवकोटाको परिचय गराउँदै डा. शंकर गैरेले देवकोटाको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकास पारे ।
तपाईको प्रतिक्रिया दिनुहोस