बाल साहित्यकार शान्तदास मानन्धरको निधन

काठमाडौँ, २८ कात्तिक । मंगलबार वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको निधन भएको छ । हर्निया रोगबाट पीडित मानन्धरको उपचारका क्रममा काठमाडौंको बयोधा अस्पतालमा निधन भएको हो ।
जीवनको उत्तरार्धमा पनि साहित्य सिर्जनामा नै निरन्तर सक्रिय मानन्धरलाई बाल साहित्य रत्न उपाधिबाट सम्मानित गरिएको थियो । उनी नेपाली बाल साहित्यका सर्जक, प्रवर्धक, प्रकाशक,अनुवादक, अन्वेषक, प्रचारक र प्रसारक समेत थिए ।
मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत अन्य थुप्रै सम्मानहरूबाट समेत सम्मानित भएका थिए । साहित्यकार मानन्धर ९० वर्षका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस