हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण
काठमाण्डौ, ११ कात्तिक । हास्य कलाकार मनोज गजुरेलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
हिजो बेलुकी कोरोना रिपोर्ट पोजेटिभ आए पनि गएको बिहीबारदेखि नै आइसोलेशनमा बसेको उनले बताए। बिहीबारपछि लगातार सामान्य टाउको दुखेको र त्यसपछि ज्वरो आएर जीउ दुख्न थालेपछि आइतबार पीसीआर गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको उनको भनाई छ ।
उहाँले सेल्फ आइसोलेशनमा कडा नियम पालना गर्दै घरेलु उपचार लिइरहेको बताएका छन् ।
क्याटेगोरी :
साहित्य
ट्याग : #hot,
#manoj gajurel