साहित्यकार राजेन्द्र पराजुलीको निधन

काठमाडौं, २६ भदौ । साहित्यकार राजेन्द्र पराजुलीको निधन भएको छ। पराजुलीको उपचारका क्रममा मंगलबार बिहान ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
अस्पतालका अनुसार पराजुलीको निमोनियाका कारण निधन भएको हो। साहित्यकार पराजुलीका दर्जनौं कथा तथा कृतिहरू प्रकाशित छन्।
पराजुलीका ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चस्मा’, 'जन्तमन्तर' र ‘कोटेश्वरको केटो’ लगायत कृति प्रकाशित छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
उनका श्रीमती , एक छोरा र एक छोरी छन्।
तपाईको प्रतिक्रिया दिनुहोस