कैफियत: सिंहदरबार जलाइ दिन्छु

उदय सोताङ र मनिला सोताङे ‘कोही बोलीमा रस हुन्छ, कोही बोलीमा रिस’ बोलको कर्णप्रिय गीत गाएका छन् । यो गीतको भाका भकारी काठमाण्डुका मेयर बालेन साहको हर्कतसंग ठ्याक्कै मेल खाने रहेछ । तित्राको मुखै बैरी भने जस्तो यी लौरोमुखी मेयरले जताततै लाठी चार्ज गर्दा रहेछन् । बालेनको हर्कतलाइ हेरेर यो गीतलाई तलको भाकामा परिमार्जन गरिएको छ ।
कोइली बोलीमा रस हुन्छ हो
बालेन बोलीमा रिस
त्यै बोलीले गर्दा तान्छन
तान्नै नहुने विष, राजै तान्नै नहुने विष ।
धतुरोको धुँवा हुन्छ
तान्दा निस्कन्छ पारा
तित्रे बोलीले फुलाउँदा गाँड
हुन्छ वारपार, राजै हुन्छ वारपार
कोइली बोलीमा..................
भोट दिएर हात काटे
दिँदैछन अहिले घात
यहि बोलीले बालेनको छुट्छ
जनताको साथ, राजै जनताको साथ
कोइली बोलीमा.............…
घर टहरा भत्काइ दिन्छ
सिंहदरबार जलाइ दिन्छ
फुटपाथ जीवन उडाइ दिन्छ
यहि उपद्रोले गर्दा सबै
जनमन रिसाउँछ, राजै जनमन रिसाउँछ ।
कोइली बोली...................…
हर्कपुर, धरान
तपाईको प्रतिक्रिया दिनुहोस