Techie IT
  • २०८० मंसिर २४, आइतबार

नारायण रायमाझीको साङ्गीतिक साँझ सम्पन्न


काठमाण्डौं, १६ भदौ । वरिष्ठ लोकगायक एवम् सङ्गीतकार नारायण रायमाझीको साङ्गीतिक साँझ सम्पन्न भएको छ । हिजो दिउँसोदेखि बेलुकासम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित नारायण रायमाझी साङ्गीतिक साँझ–२०८० सम्पन्न भएको हो ।

दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको साङ्गीतिक साँझमा रायमाझीले नयाँ पुराना गरी दर्जनौँ गीत गाए । रायमाझी प्रतिष्ठानका सल्लाहकार हुन् । साङ्गीतिक साँझमा देशभरका कलाकार तथा कला, गीत, सङ्गीत, संस्कृति क्षेत्रमा रुचि राख्ने तथा लोक, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लागेका दर्शकको उपस्थिति रहेको प्रतिष्ठानले जनाएको छ ।

रायमाझीले विसं २०४२ सालदेखि साङ्गीतिक यात्रा सुरु गरेका हुन् । पाल्पाको माथागढी गाउँपालिका–४ मा जन्मिएका रायमाझीका फुलबुट्टे चोलीमा, राम्दीपुल तरने बित्तिकै, गेटमा बेली जाई, कालो केसमा रातो रिबन, नमुछे आमा दहीमा टीकालगायत गीत लोकप्रिय छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट