Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसाहित्य२० केजी तौल बढाएकी कंगना फेरि पुरानै स्वरुपमा

२० केजी तौल बढाएकी कंगना फेरि पुरानै स्वरुपमा


एजेन्सी, २८ असोज । थलैवी चलचित्रका लागि कंगना रनौटले २० केजी तौल बढाएकी थिइन् । राजनीतिक कथावस्तुको यो चलचित्रमा कंगनाले जयललिताको भूमिका निभाएकी छिन् ।

तालिम नाडुकी पूर्व मुख्यमन्त्री जयललिता चलचित्र नायिका हुँदै राजनीतिमा प्रवेश गरेकी थिइन् । राजनीतिमा उनी निकै सफल भई लामो समय तालिम नाडुमा शासन चलाएकी थिइन् । मुख्यमन्त्री हुँदा नै उनको निधन भयो ।
कंगनाले यो चलचित्रमा भूमिकालाई सुहाउँदो देखिन २० केजी तौल बढाएकी थिइन् । अहिले उनी पुरानो स्वरुपमा आउँदैछिन् ।

कंगनाले पुरानै स्वरुपमा फर्कन मिहेनत गरिरहेको तस्वीर सार्वजनिक गरेकी छिन् । उनले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै भनेकी छिन्, ‘हामी चलचित्रको अन्तिम चरणमा छौं ।’ उनले आफू चाँडै उठेर जगिङ र दौडने गरेको लेखेकी छिन् ।

थलैवी बाहुवली र मनिकर्णिका लेखका के भी विजयन्द्र प्रसाद र द डर्टी पिक्चर र वन्स ओपन अ टाइन इन मुमबईका लेखक रजत अरोराले लेखेका हुन् ।

२६ जुनमा रिलिज हुने भनिएपनि यो चलचित्र कोरोना भाइरसको महामारीका कारण प्राविधिक काम नै पूरा हुन सकेन । अब यो अन्तिम चरणमा पुगेको खुलेको छ ।


क्याटेगोरी : साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार