Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसाहित्यरिया चक्रवर्तीलाई लागुऔषध केसमा गिरफ्तार

रिया चक्रवर्तीलाई लागुऔषध केसमा गिरफ्तार


एजेन्सी, ३१ भदौ। सुशान्त सिंह राजपुतको मृत्युको विषयमा नारकोटिक्स कट्रोल ब्युरोले रिया चक्रवर्तीलाई लागुऔषध केसमा गिरफ्तार गरेको छ । रियाले लगातार जमानतको लागि रिट दिँदै आएकी छिन्, तर अहिलेसम्म जमानतमा छुट्न सफल भएकी छैनन् । हाल उनी जेलमा छिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार रियाले आफ्नो आमा सन्ध्या चक्रवर्तीको मोवाइलबाट लागुऔषधको बारेमा कुरा गर्ने पत्ता लागेको छ । एजेन्सीले उनको आमाको फोन जफत गरिसकेको छ । रियाको घरबाट एनसीबीले मोवाइल र ल्यापटप पनि नियन्त्रणमा लिएको छ । फोन र ल्यापटपमा भएको डाटाबाट केही वाट्सएप ग्रुपमा भएको लागुऔषध सम्बन्धि कुरा भेटिएको थिए । रियाको आमाको फोनको डाटा पनि लिइसकेको छ ।

रियाले एनसीबीको सोधपुछको क्रममा लागुऔषध सेवन गर्नेमा दिल बचेराका निर्देशक मुकेश छाबडा, सारा अली खान र रकुल प्रीत सिंहको नाम समेत लिएकी थिइन् ।


क्याटेगोरी : साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस