Techie IT
×
गृहपृष्ठजनमञ्चअहिलेसम्म कसैबाट क्षतिपूर्तिबापतको रकम लएकी छैन : समीक्षा अधिकारी

अहिलेसम्म कसैबाट क्षतिपूर्तिबापतको रकम लएकी छैन : समीक्षा अधिकारी


काठमाडौैं, २९ भदौ । गायिका समीक्षा अधिकारीले आफूभित्र मानसिक रूपमा नकारात्मक प्रभाव परेको बताएकी छिन्।

सामाजिक सञ्जालमार्फत मंगलबार राति भनाइ राख्दै उनले पछिल्ला समय आएका गालीगलौजले चोट पुगेको बताएकी छिन्। सामाजिक सञ्जालमा आएका अनेक खालका तस्बिर र गालीगलौजले आफ्नो मानसपटलमा नकारात्मक प्रभाव परेको दुखेसो उनले पोखेकी छिन्।

‘यहाँहरु सबैलाई अवगत भएकै कुरा हो। म लामो समयदेखि एउटा दुस्खद घटना भोगिरहेकी छु। उक्त घटना मेरो र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दुःखद हो,’ उनले भनेकी छिन्, ‘सामाजिक सञ्जालमा मेराविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले मेरो मानसपटलमा नकारात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।’

उनले आफूसँग जोडेर क्षतिपूर्ति र कयौँ लाख रुपैयाँ लिएको आरोपको पनि खण्डन गरेकी छन्। समीक्षाले अहिलेसम्म कसैबाट क्षतिपूर्तिबापत वा अन्य कुनै पनि किसिमको रकम नलिएको पनि स्पष्टीकरण दिएकी छिन्।


क्याटेगोरी : जनमञ्च, मनोरञ्जन
ट्याग : #hot, #samikshya adhikari


तपाईको प्रतिक्रिया दिनुहोस