Techie IT
×
गृहपृष्ठजनमञ्चहिमालय टीभीमा विप्लवको अन्तर्वार्ता हेरेपछि

हिमालय टीभीमा विप्लवको अन्तर्वार्ता हेरेपछि


देवीदत्त शर्मा

१ राष्ट्रिय राजनीतिका चर्चित एउटा बिचार केन्द्रको यति सादा जीवनशैली, श्रमसँग जोडिएको ब्यक्तित्व र पार्टीलाई उत्पादनसँग जोड्ने बिश्वदृष्टिकोण अत्यन्तै प्रशंसनीय एवं उदाहरणीय छ।

२ समकालीन राजनीतिक संकटको बैज्ञानिक समाजवादी निकासु जनमतसंग्रहले दिने अतिविश्वास भने अतिभुतवादी र महत्वाकांक्षी छ। विप्लवले अपेक्षा गरेअनुसार आजको नेपाली पुँजीवादी संकट, बैज्ञानिक समाजवादु अनुमोदन गर्ने तहमा विकास भइसकेको छैन। र, त्यसरुपमा विकास गर्ने क्रान्तिकारी हस्तक्षेप पनि देखिएको छैन। विप्लव स्वयंले स्वीकारेका छन कि हामी पनि केही हौं, एकीकृत जनक्रान्तिको विचारधारा केही हो भन्ने जिज्ञासा र ध्यान मानिसहरुमा बढ्दै गएको छ। ध्यान जानु र अनुमोदन गर्ने तहमा चेतना बन्नु फरक हो ।

३ त्यसैले आजको नेपालको दलाल पुँजीवादी संकटलाई मोटो र सोलोडोलो अर्थमा बुझेर यसभित्रका यहीँ रुमल्लिने, प्रतिगमनमा लैजाने र रणनीतिक रूपमा यसलाई उपयोग गर्दै यसबाट अगाडि बढ्न खोज्ने राजनीतिक खेलाडीहरुलाई एउटै डालोमा हाल्ने गल्ती विप्लवले गर्नुहुँदैन । एउटा जनमतसंग्रहले बैज्ञानिक समाजवाद आइहाल्ने तर्क चामत्कारिक स्वेरकल्पना मात्रै हो। वैज्ञानिक समाजवादुका लागि आजको प्राथमिक कार्यनीति ओली प्रतिगमनको पहिचान हो।

प्राप्त उपलब्धिलाई समाप्त पार्ने यो प्रवृत्तिमा पुरानो स्वर्ग फर्काउन चाहने प्रतिगामीहरुको स्वार्थ स्वतः संबंधित हुने नै भयो। हिन्दुधर्म सापेक्षताको शर्तमा ओली, महन्थ ठाकुर र कमल थापासम्मको गठबन्धन बन्ने कुरा सानोतिनो डिजाइन होइन। त्यसबिरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने अर्को डिजाइन बलशाली भएर मात्रै बैज्ञानिक समाजवाद निकट बन्ने हो । चुनाव वा संसद पुनर्स्थापना पुँजीवादी संकट टार्ने संसदवादीहरुको प्रयत्न भन्दै ओली प्रतिगमन र इतरको लोकतान्त्रिक गठबन्धनलाई एउटै डालोमा हालेर यस अन्तर्विरोधमा निरपेक्ष बन्ने कुराले बैज्ञानिक समाजवादु झन टाढा पुग्ने निश्चित छ। १० बर्षे जनयुद्धबीचका घटनाक्रममा देखिने पुरानो ब्यवस्थाका हरेक संकट र अन्तर्विरोधमा तत्कालीन माओवादी नेतृत्वको हस्तक्षेपकारी भूमिका भएकैले आजको गणतान्त्रिक ब्यवस्था आएको विप्लवले भुल्नु हुँदैन ।


क्याटेगोरी : जनमञ्च


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार