Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

ईःले ललितपुरमा १०८ मिनेट उभिएर विरोध गर्ने


फाइल तस्बिर

काठमाडौँ, २५ मंसिर । ललितपुर महानगरपालिकाको बिहान–साँझ फुटपाथमा व्यापार गर्न नदिने निर्णयविरुद्ध ईःले मंगलबारबाट १०८ मिनेट उभिएर विरोध गर्ने भएका छन् । सोमबार फेसबुकमा पोस्ट गर्दै ललितपुर महानगरको निर्णयविरुद्ध उभिने बताएका हुन् ।  

अभियन्ता ईःले ललितपुरको सपना नमार्न आग्रह गर्दै महानगरको उक्त निर्णय ठीक नभएको बताएका छन् । महानगरको निर्णयविरुद्ध उनले मंगलबार ३ बजेबाट उभिने जानकारी दिएका छन् ।

‘कर लेऊ । गरी खान देऊ,’ अभियन्ता ईःले फेसबुकमा लेखेका छन्, ‘विस्थापन होइन । व्यवस्थापन गर ।’

अभियन्ता ईःले काठमाडौँ महानगरपालिकामा पनि फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित राष्ट्रिय सभागृह अगाडि १९९ घण्टासम्म उभिएर विरोध जनाएका थिए । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट