Techie IT
  • २०८० फागुन ११, शुक्रबार

नेपाली युवामाथि जोगबनीस्थित रेलवे स्टेशननजिक गोली प्रहार


विराटनगर, २५ मंसिर । भारतको जोगबनीस्थित रेलवे स्टेशननजिक एक नेपाली युवामाथि गोली प्रहार भएको छ । गोलीको छर्रा लागेर विराटनगर महानगरपालिका– ८ मधुमारा घर भएका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका छन् ।

तीघ्रामा गोली लगेका संग्रौलाको कोशी अस्पतालमा उपचार भइरहेको मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।

गोली लागेका युवा उपचारका लागि कोशी अस्पताल पुगेपछि घटनाबारे प्रहरीले जानकारी पाएको हो । प्रहरीले घाइते युवासँग गरेको प्रारम्भिक सोधपुछबाट आइतबार दिउँसो उनी रेलवे स्टेशनतिर गएका थिए । स्टेशनभन्दा करिब एक सय मिटर परबाट गोली प्रहार भएको थियो ।

घाइते युवाको उपचार चलिरहेकाले थप विवरण बुझ्न बाँकी रहेको एसपी पोखरेलले बताए । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट