Techie IT
  • २०८० फागुन ११, शुक्रबार

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने जुम्लाका धर्मेन्द्र शाही काठमाडौंबाट पक्राउ


काठमाडौं २२ मंसिर । माल्टा पठाइदिन्छु भनेर रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको हिमा गाउँपालिका ५ घर भई हाल काठमाडौं १५ डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाही रहेका छन्।

शाहीले सोम्बार तामाङ समेत दुई जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भनेर ७ लाख ५ हजार रुपैयाँ लिएर फरार भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जावलाखेलबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ। माल्टा जानका लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्ने त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने भनेर उनले पीडितबाट पटक पटक गरेर सात लाख बढी रकम लिएका थिए। 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट