Techie IT
  • २०८० फागुन ११, शुक्रबार

भक्तपुर अस्पताल : अस्तव्यस्त


संघीय सरकारले देशैभरीका सरकारी तथा सामुदायिक अस्पतालमध्ये ‘सेकेण्डरी ए लेभल’ वर्गीकरणमा उत्कृष्ठ ठहर्याएको भक्तपुर जिल्ला अस्पताल यतिखेर अस्तव्यस्त हुन पुगेको छ । गएको भदौ महिनादेखि अस्पतालको बेथिति सुरु भएको छ । झिल्को प्रतिनिधिले प्रारम्भिक स्थलगत रिपोर्टिङ पछिको यो पहिलो रिपोर्ट हो । अस्पतालको गम्भीर निरीक्षण पछि विहंगम रिपोर्ट सार्वजनिक गरिनेछ । 

यसअघि अस्पतालमा सामान्यतया आठ सयदेखि एक हजार जनालाई सेवा गर्दै आएकोमा यतिखेर यो संख्या पुरै घटेको छ । दैनिक भर्ना भएर आवासीय सेवा लिनेको ४० जनादेखि ४५ जनासम्म भएकोमा यतिखेर खाली हुँदै गएको छ ।  

कहाँ जान्छन विरामी ?

भक्तपुर अस्पतालको सेवा लिन गएका विरामीहरु त्यहाँबाट सिधै भक्तपुर इण्टरनेशनल प्रा.लि कौशलटार रिफर गरिन्छन् । त्यहाँ उपचार हुन नसक्नेलाई अन्यत्र पनि रिफर गर्ने गरिन्छ । यो अनियमितताको मुख्य निर्देशक सर्जिकल वार्डका डा. श्रीधर अर्याल हुन । आकश्मिक कक्षमा आएका विरामी दर्ता गरेर र दर्ता नगरी पनि अन्यत्र अस्पतालमा पठाउने गरिएको छ । अस्पतालको दुरावस्ता टुलुटुलु हेरेर बस्नेमा मेडिकल सुपरिटेण्डेन्ट त्रिभुवनचन्द्र झा पनि जिम्मेवार छन् । स्थानीय भक्तपुर नगरपालिका, प्रदेश सरकार र स्वयम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बेखबर छ । अस्पताल व्यवस्थापन समितिले देखे नदेखे झैं गरेको छ ।  

विशेषज्ञ सेवा ठप्प :

अस्पतालको बेथिति विशेषज्ञ सेवाको अभावले पनि हो । विषयगत विशेषज्ञको अभावमा अस्पतालको सेवा विस्तार हुन सकेको छैन । चार महिनादेखि छाला रोग विशेषज्ञ, छ महिनादेखि आँखा रोग विशेषज्ञ, एक महिनादेखि छाति रोग विशेषज्ञ अस्पतालमा छैनन । यसरी नै दुई जना बाल विशेषज्ञ रहेकोमा एक जना मात्रै सेवारत छन् । यसरी भक्तपुर अस्पतालमा आइसीयु, एचडीयु र मेडिकल वार्डमा प्रत्येक महिना विरामी घट्दै गएर सून्य हुने अवस्थातर्फ बढेको छ । सम्बन्धित निकायको आँखा अगाडि ध्यान नपुग्नु आफैंमा अर्थपूर्ण छ ।

विगतको नियती :

०७७ साल अघिको नियती हेर्ने हो भने यो अस्पताल रिफर अस्पताल नामले चर्चित थियो । तर डा. सुमित्रा गौतम (तत्कालीन मेडिकल सुपरिटेण्डेन्ट) भक्तपुर अस्पतालको नेतृत्वमा आएपछि अस्पतालको रुपरंगै फेरियो । कोरोना महामारीको समयमा अस्पतालले उत्कृष्ठ सेवा गरेपछि यसको ख्याती बढेको हो । डा. गौतमकै नेतृत्व भएको बेला देशकै सर्वोत्कृष्ठ अस्पताल बन्यो । सात सय ७३ बुँदा मध्ये सात सय ५३ बुँदामा ९७ अंक प्राप्त गरी देशकै नमुना अस्पताल भएको थियो ।( यस अघिको समाचारमा डा. श्रीधर अर्याल हुनुपर्नेमा अन्यथा हुन गएकाले सच्याइएको छ । सं)
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट