Techie IT
  • २०८० फागुन ११, शुक्रबार

सुन तस्करी प्रकरणः थुनामा रहेका राहुल महरालाई जाँचबुझ आयोगले बयानका लागि बोलायो


काठमाडौं, १९ मंसिर । भेपमा सुन लुकाएर नौ किलो सुन तस्करी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राहुल महरालाई बयानका लागि सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बोलाएको छ।

आयोगले केन्द्रीय कारागार जगन्नाथदेवललाई पत्राचार गर्दै महरालाई बयानका लागि उपस्थित गराइदिन मंगलबार पत्राचार गरेको हो।

उनको र यसमा संलग्न अन्य प्रतिवादीहरूको पनि बयान लिने काम भइरहेको छ। पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्युरोले भदौ १३ गते पक्राउ गरेको थियो।

भेपमार्फत सुन तस्करी गरी ल्याएको सुन चोरी भएको घटनामा पहिलो चरणको अनुसन्धानबाट महरा बाबुछोराको कनेक्सन तस्करसँग देखिएको थियो।

तर पहिलो चरणमा प्रहरीले उनीहरूमाथि अनुसन्‍धान गरेको थिएन। दोस्रो चरणको अनुसन्धानमा प्रहरीले महरालाई पक्राउ गरी मुद्दा चलाएको हो। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट