Techie IT
  • २०८० फागुन ११, शुक्रबार

मर्स्याङ्दी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापा पक्राउ


लमजुङ, १९ मंसिर । सदरमुकाम बेसीशहरमा रहेको मर्स्याङ्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिबाबु  थापा पक्राउ परेका छन्।

बेसीशहरस्थित कालिका बचत तथा ऋण सहकारी संस्थाको आर्थिक हिनामिनाको आरोप लागेका प्रमुख थापालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो।

सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले दोस्रो चरणमा पक्राउ अनुमति लिएका २६ जनामध्ये क्याम्पस प्रमुख थापालाई पक्राउ गरेको हो।

पक्राउ परेका थापालाई सोमबार जिल्ला अदालत लमजुङबाट ५ दिनको म्याद थप अुनमति लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले बताए।

सहकारीको रकम अपचलन गरेको आरोपमा यसअघि ८ जनाको पक्राउ पुर्जी जारी भएकोमा सञ्चालक समितिका अध्यक्ष सहित ६ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। पक्राउ पुर्जी जारी भएका ८ जनामध्ये ६ जनालाई मंसिर १० गते पक्राउ गरेर अनुसन्धान थालिएपनि मुख्य दोषी भनिएका मृगेन्द्र घिमिरे र उनको श्रीमती विनिता घिमिरे एक सातादेखि फरार छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट