Techie IT
  • २०८० मंसिर २५, सोमबार

सरकार ऋण नतिर्नेमाथि कडा रूपमा प्रस्तुत हुन्छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण नतिर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका हुन् ।

आज मङ्गलवार सिंहदरबारमा निजी क्षेत्र र सरकारी निकायसँग भएको देशको अर्थतन्त्र सुधारसम्बन्धी छलफलको निष्कर्ष सुनाउँदै प्रधानमन्त्री प्रचण्डले लघुवित्तसहितका बैंक तथा वित्तीय संस्थाहरूको ऋण नतिर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुने बताएका हुन् । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँप्रति सङ्केत गर्दै ऋण लिएर नतिर्ने कुराले संविधान, ऐन, कानुन, मूल्य, मान्यता तोडिने भएकाले पनि त्यसलाई राज्यले कुनै अर्थमा छुट दिन नसक्ने बताए ।

उनले भने, ‘ऋण लिएपछि तिर्नुपर्छ । जसले ऋण नतिर्ने कुरा गर्छ त्यसले संविधान, ऐन, कानुन, मूल्य, मान्यता तोड्छ । उसमाथि राज्य कडाइपूर्वक प्रस्तुत हुनुपर्छ भन्ने कुरामा पनि हामी सबैको भनाइ आयो । बेइमानी गर्ने र अनैतिकतालाई छुट दिन सकिँदैन भन्ने भयो । अर्थतन्त्रको शिथिलताका कारण अथवा थुप्रै कारणले कसैलाई ऋण तिर्न गाह्रो भयो भने नेपाल राष्ट्र बैंकले त्यसको पनि अध्ययन गरी सहजीकरण गर्नेछ ।’

प्रधानमन्त्रीले सहकारी संस्थाहरूमा देखिएको समस्या छ महिनाभित्र समाधान हुनेगरी छुट्टै विशिष्टिकृत खालको नियमनकारी निकाय स्थापना गर्ने पनि बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट