मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै

काठमाण्डौं, ५ मंसिर । महोत्तरीसहित मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै छ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाउन लागिएको हो ।
मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडबाडमा गनिन्छ । कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । युवाहरु बिहानैदेखि सामूहिक भोजनको तयारीमा जुटेका छन् ।
यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ । अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित साकाहारी खानेकुरा मात्र पकाउने र खाने परम्परा छ ।
तपाईको प्रतिक्रिया दिनुहोस