Techie IT
  • २०८० मंसिर २४, आइतबार

भूकम्प प्रभावित परिवारका लागि पहिलो किस्ताको रकम निकासा


काठमाडौं, ४ मंसिर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको जनाएको छ। गृहमन्त्रीको निजी सचिवालयका अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयको नाममा उक्त रकम आज (सोमबार) निकासा भएको हो।

जाजरकोट र रुकुमपश्चिमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको छ । प्राधिकरणले निकासा बारेको बोधार्थ गृह मन्त्रालयमा पठाएको छ। भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि, २०८० जारी भएसँगै संघीय सरकारले भूकम्प प्रभावितलाई अनुदान दिनेप्रति घरधूरी ५० हजार रुपियाँमध्ये पहिलो किस्ता सोमबार नै निकासा गर्न उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिए ।

उक्त रकम स्थानीय तहमा तुरुन्त पठाउन र प्रभावकारी कार्य सम्पादन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र समेत गरिसकिएको छ । भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूचीअनुसारको निवेदन दिएलगत्तै पहिलो किस्ता २५ हजार रुपियाँ  पाउने प्रबन्ध गरिएको छ । साथै निर्माण सम्पन्न भएपछि दोस्रो किस्ता २५ हजार रुपियाँ निकासा हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट