Techie IT
  • २०८० मंसिर २४, आइतबार

दुई किलो कोकिनसहित त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय महिला पक्राउ


फाइल तस्बिर

काठमाडौं, ४ मंसिर । झन्डै दुई किलो कोकिनसहित काठमाडौंस्थित त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ।

कतारको दोहाबाट काठमाडौं आएको जहाजकी एक जना यात्रुको साथबाट कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीको लागु औषध अनुसन्धान ब्युरोको टोलीले सोमबार बिहान १० बजेतिर भारतीय नागरिकलाई विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

इथोपियाबाट दोहा हुँदै आएकी भारतको मिजोरोम राज्यकी करिब ३२ वर्षीया नागरिक किमरो साँगी पक्राउ परेकी हुन्। उनको साथबाट प्रहरीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको छ।

काठमाडौं आएकी उनी भुटान जाने तयारीमा थिइन्। प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट